नियम २१
पुन मेलमिलापकर्ता नियुक्ति गर्नु पर्ने
नियम २० बमोजिम नियुक्तिपत्र प्राप्त गरेको मेलमिलापकर्ताले ऐनको दफा १० बमोजिम मेलमिलापकर्ता भई काम गर्न नचाहेको सूचना दिएमा, कुनै मेलमिलापकर्तालाई ऐनको दफा १३ बमोजिम हटाइएमा वा कुनै मेलमिलापकर्ताको मृत्यु भएमा पक्ष वा मुद्दा हेर्ने निकायले नियम १८ वा १९ को प्रक्रिया पूरा गरी पुन अर्को मेलमिलापकर्ता नियुक्ति गर्नु पर्नेछ ।